
कैलाली क्षेत्र नम्बर–५ को मतगणना मंगलबार बिहान ८ बजेदेखि हुने भएको छ।
सर्वदलीय बैठकको निर्णयअनुसार भोलि ८ बजेदेखि मतगणना सुरु हुने भएको हो। प्रमुख निर्वाचन कार्यालयले पनि एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।


यहाँका मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी परेपछि मतगणना भोलि गर्ने निर्णय गरिएको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टले बताएका छन्।
निर्वाचनको बढ्दो दौडधुपका कारण उनी बिरामी परेको बताइएको छ। उनलाई प्रेसरको समस्या रहेको जनाइएको छ। कैलाली–५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन्। गोदावरी न्युज बाट सभार
