Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भोटेकोशी बाढी विश्वकै लागि चेतावनी : प्रधानमन्त्री शाह

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ९, २०८३
भोटेकोशी बाढी विश्वकै लागि चेतावनी : प्रधानमन्त्री शाह
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढी नेपालका लागि मात्रै नभई विश्वकै लागि चेतावनीको सन्देश भएको बताउनुभएको छ ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले भोटेकोशी बाढीबाट जनधन, पूर्वाधार, जलविद्युत् तथा जनजीवनमा ठूलो क्षति पुगेको उल्लेख गर्दै हिमाली क्षेत्रमा यस्ता विपद्को जोखिम थप बढिरहेको बताउनुभयो । जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असर भने गम्भीर रूपमा भोग्नुपरेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री शाहले हिमाली क्षेत्रमा बढ्दो तापक्रम, हिमनदी पग्लिने क्रम तथा त्यसबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदाय गम्भीर बन्नुपर्ने बताउनुभयो । उहाँले जलवायु न्याय, सहज जलवायु वित्त, प्रविधि हस्तान्तरण तथा विपद्पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

विपद्को क्षति कम गर्न पूर्वतयारी, पूर्वसूचना प्रणाली तथा जोखिम व्यवस्थापनमा लगानी बढाउनुपर्ने उहाँले बताउनुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले विश्वव्यापी आपूर्ति प्रणालीमा रहेको असमानतामाथि पनि प्रश्न उठाउनुभयो । हतियार तथा गोलाबारुद विश्वका विभिन्न स्थानमा सहजै पुग्ने भए पनि किसानले आवश्यक समयमा मल र इन्धनसमेत पाउन नसक्ने अवस्था रहेको उहाँको भनाइ थियो ।

उहाँले नेपालको पछिल्लो राजनीतिक परिवर्तन र लोकतान्त्रिक प्रक्रियाबारे पनि चर्चा गर्दै फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष भएको दाबी गर्नुभयो । निर्वाचनपछि बनेको सरकारले सुशासन, सुधार र जनमुखी शासनलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले विश्व शान्ति र कल्याणको कामना गर्दै ‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरुन्, यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्’ भन्नुभयो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

१९औँ वार्षिक उत्सवमा पत्रकार सुजित सिनाल सम्मानित
फ्ल्यास हेडिङ

१९औँ वार्षिक उत्सवमा पत्रकार सुजित सिनाल सम्मानित

अशोज ९, २०८३
एसियन गेम्समा नेपालको शानदार सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित
खेलकुद

एसियन गेम्समा नेपालको शानदार सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

अशोज ९, २०८३
निगलाशैनी विकास समाजको आयोजनामा कञ्चनपुरमा असोज १६ देखि जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
खेलकुद

निगलाशैनी विकास समाजको आयोजनामा कञ्चनपुरमा असोज १६ देखि जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

अशोज ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण र पूर्वकार्यलाई बजेटमै जोड्ने पहल

सुदूरपश्चिममा विपद् जोखिम न्यूनीकरण र पूर्वकार्यलाई बजेटमै जोड्ने पहल

अशोज ९, २०८३
महाकाली तटीय क्षेत्रमा विपद् पूर्वतयारी तीव्र

महाकाली तटीय क्षेत्रमा विपद् पूर्वतयारी तीव्र

अशोज ९, २०८३
१९औँ वार्षिक उत्सवमा पत्रकार सुजित सिनाल सम्मानित

१९औँ वार्षिक उत्सवमा पत्रकार सुजित सिनाल सम्मानित

अशोज ९, २०८३
एसियन गेम्समा नेपालको शानदार सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

एसियन गेम्समा नेपालको शानदार सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

अशोज ९, २०८३
निगलाशैनी विकास समाजको आयोजनामा कञ्चनपुरमा असोज १६ देखि जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

निगलाशैनी विकास समाजको आयोजनामा कञ्चनपुरमा असोज १६ देखि जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

अशोज ९, २०८३
सुनको भाउ ५०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

सुनको भाउ ५०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

अशोज ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व