कञ्चनपुर– कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । जिल्लाको भीमदत्त नगरपालिका–१६ मझगाउँस्थित आइतबार दिउँसो भूमिराज मन्दिर पछाडिको श्रीराम मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाख्रा चराउन गएकी करिब ६५ वर्षीय भागरथी भट्टमाथि बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणबाट उनको नाक र निधारमा चोटपटक लागेको छ । सँगै भएका अन्य महिलाहरुले होहल्ला गरेपछि बाघ भागेको स्थानीयले बताएका छन् ।
घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेका र अवस्था खतरामुक्त रहेको चिकित्सकहरुले बताएका छन् । गोदावरी न्युज बाट सभार
