
भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बन्द भएको छ । प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित बतावरणमा सम्पन्न गर्नका लागि हिजो राती १२ बजे देखी सीमा नाका बन्द गरिएको हो ।
निर्वाचनलाई ध्यानमा राखेर बिहीवार राती १२ बजे देखि मंसिर ४ गते राती १२ बजे सम्मका लागि झुलाघाट नाका बन्द भएको प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । चुनावको अवधिमा पूर्ण रुपमा आवतजावत बन्द गरिएको उनले बताए ।


निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएको बैतडीमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । अन्तर्राष्ट्रिय नियम अनुसार नै चुनावको समयमा सीमा नाका बन्द गर्ने गरिएको छ । सगुन खबर बाट सभार
