सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘गुरुयोजना अनुरुप महेन्द्रनगर बजार व्यवस्थापन गर्न मैले भुमिका खेले’ : धर्मराज जोशी

महेन्द्रनगर–राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य र प्रदेश अध्यक्ष समेत रहेका कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र न ३ को प्रदेशसभा १ का प्रत्याशी धर्मराज जोशीले कञ्चनपुरको मेहन्द्रनगर बजारको परिकल्पनामा ठुलो भुमिका खेलेको बताएका छन् । गुरुयोजना अनुरुप काम गरेर व्यवस्थित रुपमा बजार व्यवस्थापन गर्नमा आफनो अहम भुमिका रहेको बताएका हुन् । बजारमा रहेको भीम बाटिका बनाउनको लागि आफनो नेतृत्वमा बनाएको र आज उक्त पार्क गौचरणमा परिणत भएको घाँसैघाँस भएको पार्कको रुपमा परिणत भएको उनले बताए ।

उक्त पार्कलाई पर्यटकिय रुपमा विस्तार गरिनु पर्ने भएपनि अहिले सम्म उक्त पार्कको अवस्था दैनिकरुपमा दयनिय अवस्थामा परिणत हुँदा मन काटेर आउँछ । उनले भने, गाँउबाट बस्ती बजारमा ल्याउने बेलामा बस्ती बसाउने क्रममा पनि पहिला खाने पानि नहरको सुव्यवस्था गर्न जग्गा व्यवस्थापन गर्नमा पनि आफुले ठुलो भुमिका खेलेको उनले बताए । शिक्षाको लागि बिधालय व्यवस्थापनको जग्गा छुट्याउने काम नहर बनाउने काममा पनि आफनो भुमिका रहेको उनले बताए ।

विगतमा गरेको कामको आफुसँग अनुभव रहेकोले आफनो कामको सबैले आम जनताले मुल्याङकन गरिदिन उनले आग्रह गरे, शिक्षाको क्षेत्रमा पनि बिभिन्न बिधबालय स्थापन गर्नका लगि पनि पहल गरिएको लक्ष्मी मावीको स्थापना उल्टाखामको सुरस्वती मावीको स्विकृत ल्याएको तथा अन्य मावीहरुको स्थापना गर्न पनि आफुले रात दिन नभनेर लागेको उनले बताए । आफनो घररको खाना खाएर साईकल चडेर शिक्षा आर्जन गर्न सक्ने अवस्थामा पुय्राएको उनले दाबी गरे, राजनितीमा विकासको साथै व्यवहार पनि प्रदान गर्ने आफनो योजना रहेको उनले बताए । अबको बिस वर्ष पछि को योजना अनुरुप यो क्षेत्रमा चाहिने स्वास्थ्य, शिक्षा सुरक्षाको अवस्था कस्तो हुने, कसरी संचालन गर्ने भन्ने आफुसँग कामको अनुभव भएकाले आफनो पक्षमा मत दिन आग्रह गरे, आफनो भिडन्त कसै पार्टीसँग नभएको बताए । आफनो पार्टीमा अहिले बिभिन्न बौद्धिक क्षमता भएका व्यक्तिहरुले प्रवेश गरेको अवस्थामा राप्रपाले अहिले देशको शसक्त पार्टी एमालसंग तालमेल गर्दा राप्रपा पनि बलियो पार्टीको रुपमा अहिले देखिएको उनले बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

एमालेले गरेको सहयोगको आधारमा आफुहरुले पनि साथ र सहयोग गरिने उृनले बताए । आफनो तालमेलमा सबै कार्यकर्ता नेताहरु खुसी भएको अवस्थामा जित निश्ति भएको उदघोष गरेको छन् । ‘हरेक कार्यक्रममा सार्वजनिक समारोहमा हरेक दिनमा आफनो एउटै उदघोष हुने गरेको भनेकै महिला दिदिबहिनीहरुको ज्यान जोगाउने रहन्थ्यो’ उनले भने, ‘अस्पतालबाट घरसम्म पुगाएर उनिहरुको हरेक दुखमा साथ दिने मलहम लगाउने कार्य गरिहँदा आम जनताले मलाई आफनो आँखामा राखेर एउटा सामाजिक तथा राजनैतिक रुपमा पनि सहर्ष स्विकार गरेका छन’। अहिले सम्म ७ सय ५३ भन्दा बढी महिलाहरुलाई अस्पताल लगेर ज्यान जोगाएको छु अहिले पनि ति सामाजिक सेवका दिन याद आउँछ, ‘हरेक निर्वाचनमा आम जनताले दिएको अपार माया रहेको र विगतका दिनमा भएका निर्वाचनामा हेर्ने हो भने, मैले काँग्रेसलाई पछि पारेको थिए, त कहिले एमालेलाई पछि पार्न सफल भएको थिए अहिले सम्म ४ पटक चुनाव लडिरहँदा आम जनताले दिएको सम्मानजनक मतमैले पाएको हुँ’ आफनो अमिट छाप राख्न सफल भएको बताए ।

Dirghayu Ads

देशैभरमा रहेका बिभिन्न व्यक्ति पार्टीमा आएपछि अहिले आफनो पार्टीले भ्रष्टाचारका विरुद्धमा राजनैतिमा भएको बेतिथी बिसंगतीको अन्त्य गर्नका लगि र समाजमा विकासको मुल ल्याउनका लागि सबैले मिलेर देश विकासमा सहयोग गर्न म आग्रह गर्दछु । अहिले पनि मतका लागि भरदैलो अभियान गरिरहँदा मैले आफनो परिचय दिँदा सबैबाट स्नेह पुर्ण व्यवहार देखाउने र आम जनताले यो पाली हामी जित्छौ भनेर भन्दा आफुले गरेका सेवा भावना, विकासका काम, जनताको मनमा रहेको माया ले नै आफु यो निर्वाचनमा जित्ने बलियो आधार हो । म पार्टीको कार्यकर्ता हो मेरो उम्मेदवारी भनेकै भ्रष्टाचारीको अन्त्य गर्ने अहिले पनि हेर्नेहो भने देशमा ठुलाठुला व्यक्तीहरुलाई कारवाही नभएको अवस्था रहेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.