सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको झुलाघाट नाका आज रातीबाट बन्द हुने

Far weast coaching ad
62
Sana Kishan

निर्वाचनलाई ध्यानमा राखेर भारतसंग सीमा जोडिएका बैतडीको झुलाघाट नाका आजबाट तीन दिन बन्द हुने भएको छ । प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित बतावरणमा सम्पन्न गर्नका लागि आज राती १२ बजे देखी सीमा नाका तीन दिन बन्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

आज राती १२ बजे देखि मंसिर ४ गते राती १२ बजे सम्म झुलाघाट नाका बन्द रहने प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । अन्तर्राष्ट्रिय नियम अनुसार नै चुनावको समयमा सीमा नाका बन्द गर्ने गरिएको उनले बताए ।

Arus
Karnali Traders

चुनावको अवधिमा पूर्ण रुपमा आवतजावत बन्द गरिने उनले बताए । निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएको बैतडीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सुरक्षालाई मध्यनजर गरी बैतडीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अन्तर्राष्ट्रिय सिमानामा सशस्त्र प्रहरीले गस्ती बढाएको छ भने जिल्लामा २५ सय सुरक्षाकर्मी निर्वाचन स्थलहरुमा खटाइएका बताइएको छ । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.