सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भूकम्पले बैतडीमा केही घर चर्किए

शनिबार राति गएको भूकम्पले बैतडीका विभिन्न स्थानमा घरमा क्षति भएको छ । भूकम्पका कारण जिल्लाको सुर्नया गाउँपालिका ८ ढोलेमा दुईजनाको घर चर्किएको स्थानीय रामबहादुर बोहराले बताए ।

राति आएको भूकम्पले स्थानीय लक्ष्मण बोहरा र गमुवा बोहराको घर चर्किएको बताइएको छ । एकजनाको घरको धुरी नै भाचिएपछि परिवार विस्थापित भएको बताइएको छ । शनिबार रातिको भूकम्पले विभिन्न ठाउँमा घरमा चिरा परेका स्थानीयहरुले बताएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय बैतडीले भने भूकम्पका कारण क्षति भएको कुनै जानकारी नआएको जनाएको छ । भूकम्पका कारण क्षति भएको अहिले सम्म जानकारी नआएको र मातहतका सबै प्रहरीचौकीलाई बुझ्न भनिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

शनिबार राति ८ बजेर १२ मिनेटमा बझाङको पाटादेवल केन्द्रबिन्दु बनाएर ५ दशमलव ४ रेक्टर स्केल भूकम्प गएको हो । पश्चिमी क्षेत्रमा भूकम्पको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसअघि गएको मंगलबार डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बिन्दू बनाएर गएको ६दशमलव ६ रेक्टर स्केलको भूकम्पले बैतडीका विद्यालय भवनहरु चर्केका थिए । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.