बैतडीको सुर्नया गाउँपालिकाले २२ गते सार्वजनिक बिदा दिएको छ । वडा नं ५ स्थित फाङलाशैनी भगवति मन्दिरमा लाग्ने मेलाका लागि पालिकाले कार्तिक २२ गते सार्वजनिक बिदा दिएको हो ।
आइतबार एक सूचना जारी गरेर पालिकाले कार्तिक २२ गते वडा नं ५ स्थित फाङलाशैनी भगवति मन्दिरमा मेला लाग्ने भएकाले एक दिन सार्वजनिक बिदा दिएको जनाएको छ ।
सो दिन पालिका भित्रका सबै सरकारी तथा गैर सरकारी संघ संस्था र शिक्षण संस्था बन्द रहने सूचनामा उल्लेख गरिएको छ । सगुन खबर बाट सभार









Discussion about this post