कञ्चनपुर – जिल्लामा थ्रेसरमा बेरिएर एक महिलाको मृत्यु भएको छ ।जिल्लाको शुक्लाफाँटा नगरपालिका ४ असैनाटोल बस्ने करिब ४७ वर्षीया सिमाना रानाको धान झार्ने थ्रेसरको सापटमा बेरिएर मृत्यु भएको हो ।

आइतबार राति ०८ः३० बजेतिर आफ्नै घरखेतमा काटेको धान थ्रेसरमा हाल्ने क्रममा कपडा सापटमा बेरिदा रानाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोदावरी न्युज बाट सभार









Discussion about this post