कञ्चनपुर– कञ्चनपुरमा भारतीय सीमा नाकाबाट दुई युवतीको उद्धार गरिएको छ । जिल्लाको बेलौरी नगरपालिकास्थित भारतीय सीमा नाकाबाट वेदकोट नगरपालिका–५ धरमपुरकी १७ र २० वर्षीया युवतीको उद्धार गरिएको हो ।
शान्ति पुनस्थापना गृह सम्पर्क कार्यालय बेलौरीकी परामर्शदाता नितु विष्टका अनुसार शनिबार दिउँसो बेलौरी–खजुरीया सीमा नाका भएर भारत जान लागेको अवस्थामा उनीहरुको उद्धार गरिएको बताएको छ ।
भारत जान लागेका एकै घरका दिदीबहिनीहरूलाई शङ्का लागेको भरमा सोधपुछ गर्दा लेखपढ गर्न नजान्ने, घरपरिवार कसैको पनि सम्पर्क नम्बर थाहाँ नभएको, कहाँ जान लागेको भन्ने पनि जानकारी नभएको र अपरिचित व्यक्तिले रोजगारीका लागि प्रेरित गरेकोले भारत जान लागेको खुलेपछि बेचबिखनको जोखिममा पर्न सक्ने भन्दै उनीहरूको उद्धार गरिएको जनाएको छ ।
उनिहरुलाई उद्धारपछि बेलौरीमा रहेको अल्पकालीन सुरक्षित आवास गृहमा राखिएको र आइतबार परिवारको जिम्मा लगाइएको शान्ति पुनसस्थापना गृह सम्पर्क कार्यालय बेलौरीले बताएको छ । गोदावरी न्युज बाट सभार









Discussion about this post