सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रत्यक्ष तर्फको निर्वाचन मतपत्र छपाउन सुरु

काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्ष तर्फको निर्वाचन मतपत्र छपाउन सुरु गरेको छ ।

अन्तिम नामावली प्रकाशन गरेको आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई छपाईको जिम्मा दिइ काम सुरु गरेको आयोगले जनाएको छ । प्रदेश र संघको निर्वाचनमा ८ करोड मतपत्र छपाइ गर्ने योजना अनुसार प्रत्यक्ष तर्फको मात्र ४ करोड मतपत्र छापिने छ । करिब तीन साताभित्र प्रत्यक्ष तर्फको मतपत्र छपाई सक्ने आयोगको तयारी छ । सुरूमा कम मतदाता भएको र त्यसपछि बढी मतदाता भएका जिल्लाको मतपत्र छपाइ हुनेछ ।

Sana Kishan

मतपत्र छपाइ सुरक्षार्थ सुरक्षण मुद्रणालयमा ५० र अन्य स्थानमा गरी करिब ६५ सीसीटिभीले निगरानी गरिरहेको छ ।

World Link Ads
Mahakali Polytechnic

मतपत्र छाप्न आयोगका करिब २ सय कर्मचारी खटाइएको र छापाखाना सुरक्षा गर्न १ सय ५० जना सुरक्षाकर्मी परिचालन गरिएको निर्वाचन आयोगले जनाएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.