
अछाम: अछाममा मलामी गएका एक युवकको मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका–४ का ५५ वर्षीय नन्दसिंह धामीको कैलाश खोलामा डुबेर बिहीबार मृत्यु भएको प्रहरीले बताएको हो । प्रहरीका अनुसार आफन्तको मलामी गएका उनलाई पौडी खेल्ने क्रममा खोलाले बगाउँदा डुबेर मृत्यु भएको हो।
