सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलाका सशस्त्र प्रहरी हवल्दार शाहुले पाए सफाइ

42
Sana Kishan

कञ्चनपुर – दार्चुलाको महाकाली नगरपालिका–२ का सशस्त्र प्रहरी हवल्दार नरेशसिंह शाहुले सफाइ पाएका छन्। उनले सशस्त्रको ४४ नम्बर गण मुख्यालय खलंगाभित्रको रासनभत्ता प्रकरणलाई मिडियामा ल्याएपछि उनीमाथि हातहतियार र गोलीगठ्ठासहितको विवरण अनधिकृत व्यक्तिलाई उपलब्ध गराइएको झुठो अभियोग लगाइएको थियो।

सशस्त्रको विशेषअदालतबाट सफाइ पाएर नरेश साहु भोलि घर फर्किन लागेको उनका वकिलले जानकारी दिएका छन्। नरेश साहु विगत एक वर्षदेखि दार्चुलामा थिए। २०६० वैशाखदेखि सशस्त्र प्रहरीमा कार्यरत उनी एक वर्षपछि पेन्सन जाने तयारीमा थिए। तर, ४४ नम्बर गण मुख्यालय खलंगाभित्रको रासनभत्ता प्रकरणलाई मिडियामा ल्याउँदा उनी जेल पुगेका थिए।

Arus
Karnali Traders

स्थानीय निर्वाचनको बेला नौगाड गाउँपालिकाका निर्वाचन अधिकृतको अंगरक्षक भएर खटिएका नरेशले त्यहाँ भेटिएका एक स्थानीय पत्रकारलाई सशस्त्र प्रहरीभित्रको बेथितिबारे जानकारी दिएको बताइएको छ। सशस्त्र प्रहरीभित्रको बेथिति उजागर भएपछि सुधार हुने आशा नरेशले आशा गरेका थिए।

विश्वासमा उपलब्ध गराएको दैनिक हाजिरी विवरणबारे पत्रकारले नै सशस्त्र प्रहरीलाई सघाउ पुग्नेगरी लिखित बयान गरिदिएपछि नरेशका लागि यो प्रकरण प्रत्युत्पादक भएको थियो। गत जेठ ३० गते नरेशलाई दार्चुलाबाट धनगढीको अत्तरियास्थित बाहिनी हुँदै सशस्त्रको हेडक्वार्टर हल्चोक पु¥याइ कारागार पठाइएकोमा परिवार निराश बनेको थियो।

४४ नम्बर गणका तत्कालिन गणपति सशस्त्र प्रहरी उपरीक्षक त्रिभुवन बिष्ट मातहतका सुरक्षाकर्मीलाई विदामा छाडेर रासनमा घोटला गरेको आरोप खेपिरहेका थिए। रासन काण्डमा हवल्दार शाहुलाई झुठो आरोप लगाइएको भन्दै विरोध भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणबाट गणपति बिष्टको जिम्मेवारी खोसिएको थियो। उपहार खबर

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.