सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जापान कन्सर्टमा भिटेनको तमासा स् टाउकोमा बोतल फुटाए, मञ्चमै ढले

काठमाडौं । र्‍यापर भिटेन यतिबेला सांगीतिक टूरको सिलसिलामा जापानमा छन् । आइतबार बेलुका राजधानी टोकियोमा नेपाली समुदायले कन्सर्ट आयोजना गरेको थियो जहाँ भिटेन गायकीभन्दा आफ्नो हर्कतको कारणले चर्चामा आए ।
कन्सर्टमा गीत गाउँदा गाउँदै उनले अस्वभाविक व्यवहार देखाउन थाले । उनलाई संयमित तुल्याउन आयोजकलाई हम्मे(हम्मे पर्न थाल्यो । गाउँदा गाउँदै बोतलले आफ्नै टाउकोमा हिर्काए । उनी एक्कासी मञ्चमा ढले र त्यसपछि गीत गाएनन् । भुइँमै ढलेपछि दर्शकले उनको पक्षमा हुटिङ गरे । तर, आयोजकले पानी छम्किएर केही बेरमा उठाए । अनि त्यसपछि भिटेनले कन्सर्टमा गाउन नसक्ने बताए ।

दर्शकले होहल्ला गर्न थालेपछि उनले आइन्दा शोज नगर्ने र यही नै अन्तिम हुने पनि बताएका थिए । तर, भिटेनले एक्कासी किन यस्तो हर्कत गरे र स्टेजमा बेहोस् भए भन्नेबारेमा दर्शक र आयोजकको आफ्नै तर्क छन् ।

Sana Kishan

मदिराले लठ्ठिएर भिटेनले त्यस्तो हर्कत देखाएको त्यहाँ पुगेका दर्शक बताउँछन् । अर्कोतर्फ, आयोजक चाहिँ मदिराको कारण भिटेन बेहोस् नभएको दावी गर्छ । मदिराकै कारण उनी ढलेका हुन् वा स्वास्थ्यको कारण भन्ने कुरामा मतैक्य छैन ।

World Link Ads
Mahakali Polytechnic

यद्यपी, बेहोस भएपछि उठेका उनले शारीरिक असन्तुलनको कारणले आफू ढलेको दावी गरेका छन् । भिटेनले गाउन छाडेपछि आयोजकले उनलाई स्टेज पछाडि लगेका थिए ।

Dirghayu Ads

त्यसपछि स्थानीय कलाकार र डिजेले दर्शकलाई मनोरञ्जन दिएका थिए । मध्यपूर्वपछि भिटेन यतिबेला टूरको सिलसिलामा जापानमा छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.