
कञ्चनपुर : कैलालीमा गोहीको आक्रमणमा परेर एक बाख्रो मरेको छ । जिल्लाको घोडाघोडी नगरपालिका–४ सुन्दरपुरमा रहेको घोडाघोडीको शाखा ताल टेडी पर्सिनियामा रहेको मगर गोहीले स्थानीय डेगबहादुर खत्रीको बाख्रालाई मारेको हो ।

तालको ड्याममा चरिरहेको बाख्रालाई मगर गोहीले आक्रमण गरेर तालमा लगेको थियो । स्थानीयले गोहीबाट बाख्रा छुटाएका छन् । तबसम्म बाख्रो मरिसकेको थियो ।
