सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बाजुरामा पहिरोले पुरिएर एक जनाको मृत्यु

कञ्चनपुर : बाजुरामा पहिरोले घर पुरिएपछि एक जनाको मृत्यु भएको छ । सोमबार बिहान घरमाथिबाट आएको पहिरोले पुरिएर जगन्नाथ गाउँपालिका १ का करीब ४५ वर्षिया प्रभुलाल गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार पहिरोमा परेर मृतककी आमा पनि घाइते भएकी छन् ।

 

Sana Kishan

उनलाई उपचारका लागि कोल्टी लगिएको छ । जगन्नाथ गाउँपालिकामा लगातारको वर्षाका कारण पहिरोको जोखिम बढेको छ । अहिलेसम्म गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ३ परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय बाजुराले बताएको छ । जिल्लाका २ प्रहरी चौकी र विद्यालय भवनहरु समेत पहिरोको जोखिममा छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.