सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीमा दुर्लभ घडियालको उद्धार

3,771
Sana Kishan
कञ्चनपुर : कैलालीमा गाउँ पसेको दुर्लभ घडियाल गोहीको उद्धार गरिएको छ। जिल्लाको पथरैया नदीबाट निस्केर गाउँ पसेको दुर्लभ घडियालको उद्धार गरिएको हो । भजनी नगरपालिका–८ स्थित सोनाफाँटा गाउँमा पसेको गोहीको स्थानीय संरक्षणकर्मी, सुरक्षाकर्मी र गाउँवासीले उद्धार गरेका छन् ।
नदीमा बाढी आएपछि नदीबाट निस्केर गोही गएराति मानव बस्तीमा पसेको संरक्षणकर्मी एवम् डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बताए । उनका अनुसार राति गाउँ पसेको गोहीलाई केही क्षति नगरोस् भनेर स्थानीयले बाँधेर राखेका थिए । बिहान भएपछि गोहीको उद्धार गरिएको हो । स्थानीयवासी, सब डिभिजन वन कार्यालय भजनी र सुरक्षा निकायको रोहवरमा गोहीलाई पथरैया नदीमै छाडिएको छ । उद्धार गरिएको पोथी गोही ११ फिट लामो छ ।
Karnali Traders
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.