
कञ्चनपुर : कैलालीमा म्याजिक पल्टिँदा ४ जना घाइते भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गमा शुक्रबार से १ ज ३८४ नम्बरको म्याजिक पल्टिएको प्रहरीले बताएको हो ।

उक्त म्याजिक अनियन्त्रित भई पल्टिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । म्याजिकमा सवार ४ जना सामान्य घाइते भएका र उनीहरुको लम्कीकै लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । म्याजिकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

