सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनगढीका मेयरले ३ महिनाको सेवा सुविधाबापतको रकमले असहाय बालबालिकालाई कपडा किने

धनगढी : धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले ३ महिनाको सेवासुविधाबापत पाएको रकम सामाजिक कार्यमा लगाएका छन् । उनले साउन, भदौ, असोज र पर्व खर्चबापत पाएको २ लाख ६७ हजार ८ सय समाज सेवामा समर्पित गरेका हुन् ।

उनले दसैँको अवसरमा सो रकमबाट धनगढीमा रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी तथा सामाजिक संस्थाहरुमा आश्रित २६९ जनालाई पोशाक किनिदिएका छन् । मेयर हमालले आइतबार दृष्टि फाउन्डेसनमा आश्रित ५५ जना, मानव सेवा आश्रममा आश्रित ५६ जना, आमाको माया छात्राबास तारानगरमा आश्रित ३० जना र नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा आश्रित ५ जनालाई पोसाक वितरण गरेको जानकारी दिए ।

यस्तै दक्षिणकाली अधारभूत बहिरा विद्यालय बेलाका १ सय ५ जना विद्यार्थी, गेटा अपाङ्ग समाजका ५ जना र पञ्चोदय माविमा अध्ययनरत १८ जना दृष्टिविहिन विद्यार्थीलाई दसैंपछि पोशाक वितरण गरिने उनले बताए । विद्यालयहरूमा विजया दशमी बिदाका कारणले दसैंपछि पोशाक वितरण गरिने भएको हो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

उनले चुनावका बेला नै आफू निर्वाचित भइसकेपछि कुनै सेवा सुविधा नलिने घोषणा गरेअनुरुप बाचा पुरा गरेको जनाए । मेयर गोपाल हमालले ७९ हजार ६ सयका दरले साउन, भदौ र असोजको सेवासुवाधा र २९ हजार पर्व खर्च गरी २ लाख ६७ हजार ८ सय बुझेको जानकारी दिएका छन् ।

Dirghayu Ads

Sudur Khabar One

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.