कञ्चनपुर कैलालीमा एक ‘चरी बाघ’को बच्चा भेटिएको छ। शनिबार जिल्लाको गौरीगङ्गा नगरपालिका–७ स्थित चौधरी खोलामा ‘चरी बाघ’ बच्चा फेला परेको हो।
डिभिजन वन कार्यालय धनगढीले चौधरी खोलामा बाघको एक बच्चा फेला परेको र उक्त बाघको उद्धार गरिएको जानकारी दिएको छ। सो चरी बाघको बच्चालाई सब डिभिजन वन कार्यालय मसुरियाले उद्धार गरेर धनगढी ल्याएको हो। उद्धार गरेर ल्याइएको बाघलाई धनगढीको शिवपुरीस्थित असहाय तथा टुहुरा वन्यजन्तु स्याहार केन्द्रमा राखिएको छ।









Discussion about this post