सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अछामका पहिरो पीडितलाई आर्थिक सहयोग

कञ्चनपुर : अछाममा अविरल वर्षासँगैको बाढीपहिरोमा क्षति व्यहोरेका पीडितलाई १० हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग गरिने भएको छ । बास नेपाल धनगढी उपशाखाद्वारा संकलित उक्त रकम बास सुदूरपश्चिम संयोजक पाण्डव पुजारालाई हस्तान्तरण गरिएको छ । बास उपशाखाले गत असोज ४ गतेदेखि बाढीपहिरो पीडितलाई आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको थियो ।

Sana Kishan

बास कैलाली शाखा र धनगढी उपशाखाको संयुक्त अभियानबाट संकलन भएको रकम प्रदेश संयोजक पुजारालाई हस्तान्तरण गरिएको र सो रकम केन्द्रीय समितिबाट एकमुष्ट रुपमा पीडितलाई हस्तान्तरण गरिने उपशाखा अध्यक्ष कैलाश साउदले जानकारी दिए । उनले प्राकृतिक विपतदबाट पीडित परिवारलाई राहत होस् भन्ने उद्देश्यले आर्थिक संकलन अभियान सञ्चालन गरिएको बताए ।

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.