सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनगढीमा ट्राफिक प्रहरीद्वारा सवारी साधनको यान्त्रिक अवस्था जाँच

कञ्चनपुर – धनगढीमा ट्राफिक प्रहरीले सवारी साधनको यान्त्रिक अवस्था जाँच गरेको छ। चाडपर्वका बेला दुर्घटना हुनसक्ने भन्दै ट्राफिक प्रहरीले सोमबार सवारी साधनको यान्त्रिक अवस्था जाँच गरेको हो। दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी धनगढी उपमहानगरपालिका ४ बसपार्कमा ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियर रवीन्द्र चौधरीसहितको संयुक्त टोलिले सवारी साधनको यान्त्रिक अवस्था चेकजाँच गरेको बताइएको छ।

Sana Kishan

चाडपर्वका समयमा सवारी साधनको चाप बढ्दै जाने हुँदा सम्भावित दुर्घटना न्यूनीकरणका लागि यान्त्रिक अवस्था चेकजाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ। कैलाली जिल्लाभरि ९ ओटा यात्रु सहायता कक्ष स्थापना गरिएको, लामो दुरीका बसमा अनिवार्य दुई जना चालकको व्यवस्था गर्न लगाइएको र क्षमताभन्दा बढी यात्रु नबोक्न र मापसे गरी सवारी नचलाउन भनिएको ट्राफिक प्रहरीले जनाएको छ। त्यस्तै, सवारी साधनको अगाडिको सिसा तथा लुकिंग ग्लास ऐनामा राखिएका विभिन्न किसिमका झलर, रुमाल तथा अन्य सजावटका सामानहरु हटाउन लगाइएको सबैलाई हटाउनका लागि पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.