
कञ्चनपुर – बैतडीमा अवरुद्ध भएको विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा सुचारु भएको छ । गत मंगलबारदेखि बन्द भएको विद्युतीय राहदानी सेवा सुचारु भएको हो ।

विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्ने विद्युतीय राहदानी सर्भर कनेक्शनमा समस्या आएको भनेर राहदानी विभागबाट सूचना आएपछि सेवा बन्द भएको थियो । केन्द्रबाटै समस्या समाधान गरिएपछि सेवा सुचारु भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । जिल्लामा गत जेठ १२ गतेदेखि विद्युतीय राहदानी सेवा दिन सुरु गरिएको थियो ।
