सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा डेंगु परीक्षणका लागि किट अभाव

Far weast coaching ad
80
Sana Kishan

कञ्चनपुर – कञ्चनपुरमा डेंगु परीक्षणका लागि किट अभाव भएको छ। सरकारले डेंगु परीक्षण निःशुल्क गर्ने भनेको अवस्थामा किट अभाव हुँदा बिरामी परीक्षण गर्न समस्या भएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। सरकारले निःशुल्क परीक्षण भने पनि प्रदेश सरकारबाट पर्याप्त किट उपलब्ध नभएपछि अहिले अस्पताल आफैले किट खरिद गर्ने र परीक्षण गरेको बिरामीबाट शुल्क लिने निर्णय गरेको महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले बताए।

Karnali Traders

अस्पतालमा डेंगुका बिरामी बढेका र प्रदेश सरकारसँग किट माग गर्दा ३०÷४० वटा मात्रै पठाउने हुँदा त्यसले एक दिनसमेत नपुग्ने गरेको उनले बताए। स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले बिरामीको सङ्ख्या बढ्दै गएकाले किट अभाव भएको बताए। जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार हालसम्म जिल्लामा एक सय १२ जनामा सङ्क्रमण देखिएको छ।

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.