सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पहिरोले दोगडाकेदारमा एक घरमा पूर्ण क्षति, पाँच घर पहिरोको उच्च जोखिममा

Far weast coaching ad
121
Sana Kishan

लगातारको बर्षाका कारण खसेको पहिरोले बैतडीको दोगडाकेदारमा एक घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । दोगडाकेदार गाउँपालिका २ बसाडमा घरमाथिबाट पहिरो खस्दा स्थानीय देवसिंह महराको घर पूर्ण रुपमा क्षति भएको स्थानीय समेत रहेका एमाले दोगडाकेदारका अध्यक्ष काशीसिंह बिष्टले बताए । महराको घरमा उनका दीदी झापुली नगाइरी बस्दै आएका बताइएको छ ।

आइतबार बिहान १० बजे घरमाथिबाट खसेको पहिरोका कारण गोठमा बाँधेका ३ बाख्रा मरेका छन् भने अन्नपात तथा लत्ता कपडा समेत पुरिएका छन् । दिउँसोको समय भएकाले पहिरोले मानवीय क्षति हुन नपाएपनि घर भने पूर्ण रुपमा क्षतिग्रस्त भएको बिष्टले बताए । पहिरोले घर भत्काएपछि ऐरीलाई उनकै आफन्तको घरमा सारिएको छ ।

Arus
Karnali Traders

पहिरोका कारण घरभित्र रहेको ५ तोला सुन र १० तोला चाँदी समेत पुरिएको बिष्टले बताए । यस्तै सोही ठाउँमा पाँच घर पहिरोको उच्च जोखिममा परेका छन् । स्थानीय मानसिंह महरा, राईसिंह महरा, ध्वज महरा, गणेश महरा र ज्ञानेन्द्र महराको घर पहिरोको उच्च जोखिममा परेका बताइएको छ ।

लगातारको बर्षाका कारण बैतडी सहित सुदूरपश्चिमका विभिन्न स्थानमा बाढी पहिरोको जोखिम बढेको भन्दै सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.