सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गड्डाचौकीनाका बाट भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै

Far weast coaching ad
88
Sana Kishan

कंञ्नपु्र– सुदुरपश्चिम सीमा नाका गड्डाचौकीबाट विदेशी पर्यटक भित्रिने सङ्ख्या बढ्दै गएको छ । पछिल्लो समय कोरोना महामारीपछि बन्द रहेको नाका खुलेसँगै भारत हुँदै नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै आएको हो ।

अध्यागमन कार्यालयका प्रमुख पदमराज भट्टका अनुसार गड्डाचौकी नाकाबाट भित्रिने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या बढ्दो रहेको बताए । उनले भने “यहाँबाट अहिले तेस्रो मुलुकका नागरिकलाई प्रस्थान बन्द गरिएको छ, विदेशी पर्यटक भित्रिने क्रम भने बढ्दो छ” ।

Arus

“कोरोना नियन्त्रणसँगै नाका खुलेपछि नेपाल भित्रिने पर्यटकको सङ्ख्या बढ्दै आएको छ ।” अध्यागमन कार्यालय गड्डाचौकीको तथ्याङ्कअनुसार आठ महिनाको अवधिमा एक सय ९३ पर्यटक नेपाल भित्रिएका छन् ।

Karnali Traders

सन् २०२१ मा ५८ जना पर्यटक गड्डाचौकीबाट भित्रिएका थिए । सन् २०२२ को जनवरीमा १५, फेब्रोरीमा सात, मार्चमा २९, अप्रिलमा २२, मेमा २२, जुनमा २९, जुलाईमा २८ र अगष्टमा ४१ जना तेस्रो मुलुकका नागरिक भित्रिएको अध्यागमन अधिकृत भट्टले बताए ।

गड्डाचौकी नाकाबाट भित्रिने पर्यटक पोखरा, बर्दिया, चितवन, लुम्बिनीलगायत ठाउँ घुम्नका लागि जाने गरेका छन् ।

उक्त नाका भएर नेपाल भित्रिनेमा फ्रान्स, इटाली, स्पेन, कोरिया, जर्मन, अष्ट्रेलिया, रसिया, युके, युएसए, अर्जेन्टिनालगायत देशका नागरिक बढिरहेको भट्टले बताए । गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.