सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शुक्लाफाँटा–८ मा निशुल्क आँखा शिविर : ४०८ जनाले लिए सेवा, ७० जनालाई निशुल्क चस्मा

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ मा एकदिने निशुल्क आँखा सम्बन्धित स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार वडा कार्यालयमा आयोजना गरिएको स्वास्थ शिविरमा ४ सय ८ जनाले सेवा लिएका छन् ।
भगवती सामुदायिक वन उपभोक्ता स मुहको आर्थिक सहयोग तथा सृजनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्राविधिक आयोजना गरिएको एक दिनु शिविरमा २ सय ३८ महिला र १७० पुरूष गरि जम्मा ४ सय ८ जनाले सेवा लिएको वडा नम्बर ८ का सहायक कम्प्युटर अपरेटर गोकर्णप्रसाद जोशीले जानकारी दिनुभयो ।

Sana Kishan

सामुदायिक वन उपभोक्ता समुहले केहिदिन पहिलेदेखि शिविर सञ्चालन हुने सूचना प्रकाशन गरेको भएर अपेक्षा गरिएको भन्दा बढी सहभागिता रहेको पाईन्छ । यसैगरी शिविरमा ७० जनालाई चस्मा वितरण गरिएको छ । त्यस्तै ३६ जनाको आँखाको अपरेसन गर्नुपर्ने देखिएकाले उहाँहरूको धनगढी नेत्रालयमा निशुल्क अपरेसन गरिने कार्यक्रमका सभापति तथा भगवती सामुदायिक वनका अध्यक्ष केशबसिँह धामीले बताउनुभयो ।

स्वास्थ्य सेवामा स्थानीयको पहुँच बढाउने र आँखा जस्तो संवेदनशील कुरामा स्थानीयलाई जनचेतना फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । उपहार खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.