
अधिकांश विद्यालयहरुमा दशैं बिदा तिहार सम्म हुने भएपनि बैतडीको मेलौली नगरपालिकामा भने यो बर्ष दशैं लगत्तै विद्यालय खुल्ने भएका छन् । नगरपालिकाले एक सूचना जारी गर्दै दशैंको बिदा घटनास्थपनादेखि कोजाग्रत पूर्णिमा सम्म मात्रै कायम रहने जनाएको छ ।
असोज २४ गतेदेखि नियमित रुपमा पालिकाभित्रका विद्यालय सञ्चालन गर्न नगरपालिकाले आग्रह समेत गरेको छ । यो भन्दा पहिला शिक्षक सेवा आयोगको परीक्षाको समयमा पनि विद्यालयहरु धेरै बन्द भएकाले दशैं बिदा कोजाग्रत पूर्णिमा सम्म मात्रै कायम रहने मेलौली नगरपालिकाकी शिक्षा शाखा प्रमुख मनुकुमारी क्षेत्रीले बताइन् ।


विद्यालयहरुलाई समयमै कोर्स पूरा गर्न सजिलो होस भनेर यो बर्ष दशैंपछि विद्यालय नियमित रुपमा सञ्चालन गर्ने निर्णय भएको उनले बताइन् । लामो समयसम्म विद्यालय बन्द हुँदा बालबालिकाहरुको शिक्षण सिकाइ प्रक्रियामा प्रभाव पर्ने भएकाले दशैं लगत्तै विद्यालय खुल्ने निर्णय भएको उनले बताइन् ।
सगुन खबर बाट सभार
