सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा विद्युतीय राहदानी सेवा बन्द, सेवाग्राही समस्यामा

Far weast coaching ad
56
Sana Kishan

बैतडीमा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा बन्द भएको छ। विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण मंगलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको हो।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अर्को व्यवस्था नहु्न्जेलसम्म सेवा बन्द भएको जनाएको छ। विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको भनेर राहदानी विभागबाट जानकारी आएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शंकर बोहराले बताए।

Arus
Karnali Traders

यहाँको सर्भरको कनेक्सन केन्द्रको सर्भरसँग नभएकाले सेवा अवरुद्ध भएको हो। बन्द भएको विद्युतीय राहदानी सेवा फेरि सञ्चालन हुन केही दिन लाग्नसक्ने जनाइएको छ।

विद्युतीय राहदानी सेवा बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन्। यसअघि गत असारमा पनि यही समस्याले केही दिन विद्युतीय राहदानी सेवा बन्द भएको थियो।
बैतडीमा गत जेठ १२ गतेदेखि विद्युतीय राहदानी सेवा दिन शुरु गरिएको हो। थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.