सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा म्यादी प्रहरीका लागि १८ सय बढीले दिए आवेदन

म्यादी प्रहरीमा भर्ना हुनका लागि बैतडीमा १ हजार ८४९ जनाले आवेदन दिएका छन् । यही असोज १ गतेदेखि ६ गते सम्म आवेदन दिने म्याद रहेको र सो अवधि सम्म १ हजार ८४९ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

आवेदन दिने मध्ये १ हजार ६३४ जना पुरुष र २ सय १५ जना महिला रहेका छन् । आवेदन दिएकाहरुको छनोट प्रक्रिया आइतबारदेखि शुरु हुने प्रहरी प्रवक्ता जोशीले बताए ।

Sana Kishan

बैतडीमा झण्डै दोब्बर संख्यामा आवेदन परेको जनाइएको छ । जिल्लामा एक हजार देखि एक हजार एकसय सम्म म्यादी प्रहरी राखिने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए । यद्यपि अहिले सम्म जिल्लाका लागि कोटा तोकिएर आएको छैन् ।

World Link Ads
Mahakali Polytechnic

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना प्रक्रिया शुरु भएको उनले बताए । जिल्लाका १० ओटै स्थानीय तहमा रहेका मतदानस्थल र मतदान केन्द्रमा नेपाल प्रहरीसंगै म्यादी प्रहरीलाई खटाइने प्रहरी नायब उपरीक्षक शाहीले बताए ।

Dirghayu Ads

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा रणनीति बनाइएको उनले बताए । यसअघि जिल्लाका सबै स्थानीय तहमा रहेका मतदानस्थल र मतदान केन्द्रको सुरक्षा स्थितीका बारेमा जिल्ला सुरक्षा समितिका तर्फबाट अनुगमन समेत भइसकेको छ । बैतडीमा १२९ ओटा मतदानस्थल र २०५ ओटा मतदान केन्द्र रहेका छन् । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.