सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीका चार ठाउँमा यात्रु सहायता कक्ष स्थापना

Far weast coaching ad
208
Sana Kishan

दशैं तिहारलाई लक्षित गरेर बैतडीका चार ठाउँमा ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको छ । दशैंको बेला यात्रुहरुलाई गन्त्व्यमा पुर्याउनका लागि सहज होस भनेर यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक रामसिंह भण्डारीले बताए ।

दशैंको समयमा भीडभाड हुने भएकाले यात्रुहरुलाई परेको समस्या समाधानका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको भण्डारीले बताए । जिल्ला सदरमुकाम गोठलापानी, सतबाँझ, पाटन र खोड्पेमा यात्रु सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरी प्रमुख भण्डारीले बताए । उनले भने ‘चाडपर्वका बेला यात्रुहरुलाई झन्झट नहोस भनेर सहयोग पुर्याउन यात्रु सहायता कक्ष स्थापना गरेका हौं । समस्यामा परेका नागरिकलाई सहायता कक्षबाट आवश्यक सेवा दिनेछौं ।’

Arus
Karnali Traders

क्षमता भन्दा बढी यात्रु बोक्न नदिन, तोकिएको भाडाभन्दा बढी भाडा लिन नदिन र यात्रुहरुलाई सहजताका साथ गन्त्व्यमा पुर्याउनका लागि यात्रु सहायता कक्ष मार्फत काम हुने बताइएको छ । यात्रु सहायता कक्षबाट ट्राफिक प्रहरी साथै नेपाल प्रहरी, यातायात व्यवसायीका प्रतिनिधिहरुले सेवा दिने भण्डारीले बताए ।

दशैंको लागि भारतबाट फर्कने नागरिक, जिल्लाबाट बाहिर जाने र आउने नागरिकको संख्या बढेकाले यात्रुहरुलाई कुनै समस्या नहोस भन्नका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

छठ पर्व सम्म यात्रु सहायता कक्षलाई निरन्तरता दिइने बताइएको छ । यात्राका क्रममा कुनै समस्या परेमा नजिकका सहायता कक्षमा सम्पर्क राख्न समेत ट्राफिक प्रहरीले आग्रह गरेको छ । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.