
अर्थमन्त्री जनार्दन शर्मा भोलि धनगढी आउने भएका छन् । नेपालको बीमा नियमनकारी निकाय बीमा समितिको सुदूरपश्चिम प्रदेशको कार्यालय उद्घाघाटन गर्नको लागि असोज ७ गते शुक्रवार धनगढी आउन लागेका हुन् ।

बीमा समिति सुदूरपश्चिम प्रदेशका कार्यालय प्रमुख ओम बहादुर अधिकारीका अनुसार शुक्रवार बिहान ११ बजे शुभश्री पार्टी प्यालेसमा एक कार्यक्रमका बिच उद्घाघाटन हुने कार्यक्रम तय भएको छ ।

कार्यक्रममा बीमा समितिका केन्द्रीय अध्यक्ष सूर्य प्रसाद सिलवालको उपस्थिति रहने अधिकारीले बताए । गोदावरी न्युज बाट सभार
