सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आगामी निर्वाचन बैतडीका १ लाख ५० हजारभन्दा बढीले मतदान गर्ने

Far weast coaching ad
80
Sana Kishan

आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बैतडीमा १ लाख ५० हजारभन्दा बढीले मतदान गर्ने भएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख माधवप्रसाद फुँयालका अनुसार १ लाख ५० हजार १५६ जना मतदाता रहेका छन् ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा बैतडीमा १ लाख ४८ हजार ६०६ मतदाता रहेका थिए। त्यसपश्चात गएको असार १ गते शुरु भएको फोटोसहितको मतदाता नामावलीमा अन्य मतदाता थपिएका हुन् ।

Arus
Karnali Traders

जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय हाटमा गरी ३ स्थानमा नामावली संकलन गरिएको थियो ।

फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न १६ वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएको हुनुपर्छ। फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता नागरिकता प्राप्त गरेसँगै १६ वर्षमा हुने भए पनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्छ ।

सरकारले मंसिर ४ मा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालयले तयारी थालेको छ। गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.