सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शुक्लाफाँटा र लालझाडीमा बाढी प्रभावितलाई राहत वितरण

Far weast coaching ad
96
Sana Kishan

महेन्द्रनगर । कञ्चनपुरमा बाढीबाट प्रभावित भएकालाई राहत सामग्री वितरण गरिएको छ । शुक्लाफाँटा नगरपालिका र लालझाडी गाँउपालिकामा बाढीबाट प्रभावित परिवारलाई राहत वितरण गरिएको हो ।
शुक्लाफाँटा नगरपालिकामा १९ परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति कञ्चनपुर र शुक्लाफाँटा नगरपालिकाको समन्वय एवं केएर नेपालको सहयोगमा निड्स नेपाल कञ्चनपुरले बाढीबाट प्रभावितलाई आपतकालिन राहत सामाग्री वितरण गरेको छ ।
शुक्लाफाँटा १२ एकान्त टोल बस्दै आएका १४ परिवार र सोही वडाको दुवाहा बस्दै आएका ५ परिवारलाई नगर प्रमुख रण बहादुर महरा,उपप्रमुख कल्पना पन्तले संयुक्त रुपमा राहत सामग्री वितरण गरेका हुन् । वितरण गरिएको सामग्रीमा प्रति परिवार मेघा चामल (२५ केजी) ,किम्स दाल (३केजी),नुन (१ प्याकेट),तोरीको तेल (२ लिटर),चिनी (२ केजी),चिउरा (२ केजी),चना (२ केजी) रेहका छन् ।
यस्तै त्रिपाल, म्याट्रेस, भाँडा सेट, बाल्टी लगायतका सामग्री समेत बाढी पिडीत परिवारलाई वितरण गरिएको छ । वडा नम्बर १२ स्थित एकान्त टोलका १४ परिवारलाई र दुवाहका ५ परिवारलाई उक्त खाद्य सामग्री वितरण गरिएको हो । राहत सामाग्री वितरण कार्यमा बोल्दै नगर प्रमुख महराले गत शुक्रवार राती आएको बाढीले नगरका विभिन्न क्षेत्रहरुमा ठुलो क्षति पुगाएको बताउँदै नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए ।
सानो भएपनि राहत सामाग्रीले बाढी प्रभावित परिवारहलाई निकै सहज हुने विश्वास आफुले लिएको उनले बताए । राहत वितरणका लागि नगरपालिकाले पहल गरेको बताउँदै सहयोग उपलब्ध गराएको प्रति निड्स नेपाल कञ्चनपुरलाई नगर प्रमुख महराले धन्यवाद दिए । आगामी दिनमा पनि नगरले सहयोगको अपेक्षा राखेकोे उनको भनाई थियो ।
यसैगरी नगर उपप्रमुख कल्पना पन्तले नगरपालिकाले बाढी प्रभावितहरुलाई सक्दो सहयोग गर्ने बताइन् । एकान्त टोलकी बाढी प्रभावित दुर्गादेवी बोहरा राहत सामाग्री पाएपछि हर्षित भएकी छन् । आगामी दिनमा पनि सहयोगको अपेक्षा उनले गरेकी छन् । यस्तै दुवाहका बाढीपिडीत जयराम रानाले पनि राहत पाउँदा निकै खुसी लागेको बताए ।
राहत वितरण कार्यक्रममा नगर प्रमुख महरा,नगर उपप्रमुख कल्पना पन्त सहित वडा नम्बर १२ का वडाध्यक्ष नवलसिंह राना,वडा नम्बर ११ का वडाध्यक्ष शेर बहादुर साउँद,वडा सदस्य,ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंह,निड्स नेपालका उपाध्यक्ष डिवि कुश्मी,भवराज निरौला,विपद् फोकल पर्सन विनोद कडारा,सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
यस्तै,दोदा नदीबाट पीडित भएका वाढीपीडितलाई लालझाडी गाँउपालिकाले राहत वितरण शुरु गरेको छ । गाँउपालिकाले पीडितलाई राहत वितरण शुरु गरेको हो । गाँउपालिका अध्यक्ष निर्मल राना राहत वितरणका लागि आफै पीडित बस्तीमा पुगेका छन ।
पहिलो दिन खाद्यान्न, लत्ता कपडा, भाँडाव्रतन वितरण गरिएको एमाले नेता रानाले बताए । उनका अनुसार गाँउपालिका अध्यक्ष रानाले सबै पीडितलाई गाँउपालिकाबाट राहत वितरण गरिने बताउँदै धैर्यता गर्न आब्हान गरेका छन । शुक्लाफाँटा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.