Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शुक्लाफाँटा र लालझाडीमा बाढी प्रभावितलाई राहत वितरण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ४, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर । कञ्चनपुरमा बाढीबाट प्रभावित भएकालाई राहत सामग्री वितरण गरिएको छ । शुक्लाफाँटा नगरपालिका र लालझाडी गाँउपालिकामा बाढीबाट प्रभावित परिवारलाई राहत वितरण गरिएको हो ।
शुक्लाफाँटा नगरपालिकामा १९ परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति कञ्चनपुर र शुक्लाफाँटा नगरपालिकाको समन्वय एवं केएर नेपालको सहयोगमा निड्स नेपाल कञ्चनपुरले बाढीबाट प्रभावितलाई आपतकालिन राहत सामाग्री वितरण गरेको छ ।
शुक्लाफाँटा १२ एकान्त टोल बस्दै आएका १४ परिवार र सोही वडाको दुवाहा बस्दै आएका ५ परिवारलाई नगर प्रमुख रण बहादुर महरा,उपप्रमुख कल्पना पन्तले संयुक्त रुपमा राहत सामग्री वितरण गरेका हुन् । वितरण गरिएको सामग्रीमा प्रति परिवार मेघा चामल (२५ केजी) ,किम्स दाल (३केजी),नुन (१ प्याकेट),तोरीको तेल (२ लिटर),चिनी (२ केजी),चिउरा (२ केजी),चना (२ केजी) रेहका छन् ।
यस्तै त्रिपाल, म्याट्रेस, भाँडा सेट, बाल्टी लगायतका सामग्री समेत बाढी पिडीत परिवारलाई वितरण गरिएको छ । वडा नम्बर १२ स्थित एकान्त टोलका १४ परिवारलाई र दुवाहका ५ परिवारलाई उक्त खाद्य सामग्री वितरण गरिएको हो । राहत सामाग्री वितरण कार्यमा बोल्दै नगर प्रमुख महराले गत शुक्रवार राती आएको बाढीले नगरका विभिन्न क्षेत्रहरुमा ठुलो क्षति पुगाएको बताउँदै नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए ।
सानो भएपनि राहत सामाग्रीले बाढी प्रभावित परिवारहलाई निकै सहज हुने विश्वास आफुले लिएको उनले बताए । राहत वितरणका लागि नगरपालिकाले पहल गरेको बताउँदै सहयोग उपलब्ध गराएको प्रति निड्स नेपाल कञ्चनपुरलाई नगर प्रमुख महराले धन्यवाद दिए । आगामी दिनमा पनि नगरले सहयोगको अपेक्षा राखेकोे उनको भनाई थियो ।
यसैगरी नगर उपप्रमुख कल्पना पन्तले नगरपालिकाले बाढी प्रभावितहरुलाई सक्दो सहयोग गर्ने बताइन् । एकान्त टोलकी बाढी प्रभावित दुर्गादेवी बोहरा राहत सामाग्री पाएपछि हर्षित भएकी छन् । आगामी दिनमा पनि सहयोगको अपेक्षा उनले गरेकी छन् । यस्तै दुवाहका बाढीपिडीत जयराम रानाले पनि राहत पाउँदा निकै खुसी लागेको बताए ।
राहत वितरण कार्यक्रममा नगर प्रमुख महरा,नगर उपप्रमुख कल्पना पन्त सहित वडा नम्बर १२ का वडाध्यक्ष नवलसिंह राना,वडा नम्बर ११ का वडाध्यक्ष शेर बहादुर साउँद,वडा सदस्य,ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंह,निड्स नेपालका उपाध्यक्ष डिवि कुश्मी,भवराज निरौला,विपद् फोकल पर्सन विनोद कडारा,सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
यस्तै,दोदा नदीबाट पीडित भएका वाढीपीडितलाई लालझाडी गाँउपालिकाले राहत वितरण शुरु गरेको छ । गाँउपालिकाले पीडितलाई राहत वितरण शुरु गरेको हो । गाँउपालिका अध्यक्ष निर्मल राना राहत वितरणका लागि आफै पीडित बस्तीमा पुगेका छन ।
पहिलो दिन खाद्यान्न, लत्ता कपडा, भाँडाव्रतन वितरण गरिएको एमाले नेता रानाले बताए । उनका अनुसार गाँउपालिका अध्यक्ष रानाले सबै पीडितलाई गाँउपालिकाबाट राहत वितरण गरिने बताउँदै धैर्यता गर्न आब्हान गरेका छन । शुक्लाफाँटा खबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

वेदकोटमा उत्थानशील युवा सञ्जाल अभिमुखीकरण: युवा नेतृत्व र सामाजिक रूपान्तरणमा जोड

असार ५, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व