
बैतडीमा घर भत्किँदा च्यापिएर एक किशोरीको ज्यान गएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ लेककी १५ वर्षीया पूजा लुहारको च्यापिएर ज्यान गएको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले बताइन् ।

माटोको छानो भएको घर एक्कासी सोमबार राति २ बजेतिर भत्किँदा सुतीरहेकी पूजाको च्यापिएर मृत्यु भएको भट्टले जानकारी दिइन् ।

आफ्नो घरबाट काकाको घरमा सुत्नका लागि गएकी पूजाको घरको छानो भत्किँदा च्यापिएर मृत्यु भएको हो । घरमा च्यापिएर अन्य दुईजना समान्य घाइते भएका छन् । गोदावरी न्युज बाट सभार
