सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वर्षापछिको डुबालले खेतीबारीमा नोक्सान, धानबाली पाक्ने बेलामा क्षतिपुगिपछि किसान चिन्तित

Far weast coaching ad
101
Sana Kishan

कञ्चनपुर – कञ्चनपुरमा शुक्रबार रातिको अविरल वर्षापछि आएको बाढीले खेती नोक्सान गरेपछि किसान चिन्तित बनेका छन् । धानमा बाला लागेर पाक्नै बेलामा बाढीले क्षति पु¥याएपछि किसान निराश बनेका हुन् ।

लालझाडी गाउँपालिका–३ नन्द गाउँका लोकबहादुर बडायकले पाँच बिघा खेतमा धान खेती गरेका थिए । शुक्रबार रातिदेखि अविरल वर्षापछि दोदा नदीमा आएको बाढीले उनको धान खेतीमा क्षति पु¥यायो ।खेतको बालीमा मात्रै होइन बडायकको घरभित्र भण्डारण गरेको अन्न पनि बगाएको छ । “आफ्नै पाँच बिघा जमीनमा धान लगाएको थिएँ, नदीले ल्याएको बालुवाले सबै पुरिदिएको छ”, उनले भने, “धान सबै ढलाएको छ, त्यति मात्रै होइन घरभित्रको अन्नपातसमेत बाढीले भिजाएको छ ।”

Arus

बाढीले छ महिनाको मेहनतको फल धानको बाला टुसाउँदै गर्दा खेतमै नष्ट गरिदिएको उनको गुनासो छ । “धानको बाला लागिरहेका थिए, केही ठाउँका त पाकेर दसैँतिर काट्ने भइहाल्थे”, उनले भने, “तर बाढीले सबै सखाप पारेको छ, खेतमै बालुवाले च्यापेर ढलेका छन् ।” उनलाई अब परिवार कसरी पाल्ने भन्ने चिन्ताले पिरोलिरहेको छ । “११ जनाको परिवार छ, वर्षभरि खाने घरभित्र र खेतको अन्नबाली सबै सत्यानाश भएपछि अब के गर्ने ?”, उनले प्रश्न गरे ।

Karnali Traders

गत वर्षको बाढीले पनि धान खेतीमा क्षति गर्दा भित्र्याउन नपाएको उनले सुनाए । “गत वर्ष पनि खेती भित्र्याउन पाएनौँ, यसपटक पनि यस्तै भयो”, उनले भने, “घरभित्र बाढीले बालुवा थुपारेर बस्न सकिएको छैन, त्रिपाल टाँगेर बसेका छौँ ।” लालझाडी गाउँपालिकाको छ वटै वडामा बाढीले खेतीपातीमा ठूलो क्षति पु¥याएको कृषि शाखाप्रमुख हजमिला लावडले बताए । “बाढीले धान, उखु, बदाम, सखरखण्डलगायतमा ठूलो क्षति पु¥याएको छ, हामी क्षतिको विवरण सङ्कलन गरिरहेका छौँ”, उनले भने, “पालिकाको आधा खेतीमा क्षति पु¥याएको अनुमान छ ।”

वर्षदिनभरि खाने अन्न माटोमै मिसिएपछि शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका हरिकृष्ण भट्ट पनि परिवार कसरी पाल्ने भनेर चिन्तित छन् । उनले भने, “वर्षभरि खाने धान खेतमै बालुवाले ढाकेको छ, अब कसरी परिवार पाल्ने, अनिकाल लाग्ने भयो ।” एकान्त टोलमा १५ कठ्ठा जग्गामा लगाएको धान खेतीमा वनहरा नदीको बाढीले क्षति पु¥याएको उनले बताए । “धानसँगै बदाम, मास र तिल पनि बाढीले ल्याएको बालुवाले पुरियो, २०६४ सालयता यस्तो बाढी हामीले कहिल्यै देखेनौँ”, उनले भने ।

दोदा, वनहरा, स्यालीलगायत नदीको बाढीले कञ्चनपुरको पुनर्वास, शुक्लाफाँटा, बेलौरी, लालझाडी, कृष्णपुर क्षेत्रको तटीय क्षेत्रमा बालीनालीमा क्षति पु¥याएको कृषि ज्ञानकेन्द्र कञ्चनपुरका प्रमुख दिलबहादुर बिष्टले बताए । “बालुवाले पुरेको बाली उठ्न समस्या छ, अरू त बिस्तारै पानी कम हुँदै गएपछि उठ्न सक्ला”, उनले भने, “बाढीले खेतीमा क्षति गरेको प्रारम्भिक जानकारी छ, के कति क्षति भन्ने यकिन विवरण आएको छैन ।” आफूहरु पनि बाढी प्रभावित क्षेत्रको अनुगमनमा गएकाले क्षतिको पूर्ण विवरण आउन केही समय लाग्न सक्ने उनले बताए । उपहार खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.