सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

संविधान दिवसमा वक्तृत्वकला

कञ्चनपुर । संविधान दिवसको अवसरमा कञ्चनपुर महेन्द्रनगरमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । उच्च÷जिल्ला अदालत बार एसोशिएसनले सोमबार वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो । गैर कानुनी थुना विषय प्रतियोगितामा विजेताहरुलाई नगद पुरस्कारका साथै प्रमाण पत्र वितरण गरिएको छ । अमन सिह भाट प्रथम, पुरन ओड द्वितिय, जगदिशचन्द्र ओझा तृतिय र सविता पार्की र अन्जली सुनारले सान्त्वना पुरस्कार पाएका छन । नेपाल बार काउन्सिलका सदस्य प्रकास बहादुर पाण्डेयले विद्यार्थीको न्यायमा पहुँच पु¥याउने उदेश्यले कार्यक्रम गरिएको बताए । उच्च अदालत बार एसोशिएसनका अध्यक्ष यज्ञराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा उच्च अदालतका मुख्य न्यायाधिश राजेन्द्र प्रशाद सुवेदी प्रमुख अतिथि रहेका थिए । अधिवक्ता शंकर बहादुर विष्टले संचालन गरेको कार्यक्रममा जिल्ला बारका अध्यक्ष कृष्णदत्त जोशी, न्यायाधिक कृष्णलाल भट्टराई, एम्नेष्टी ईन्टरनेशनल शुक्लाफाँटा समुहका अध्यक्ष डा. भोजराज पन्त सहितले शुभकामना मन्तव्य राखेका थिए । जनसरोकार पोस्ट बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.