सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा एक जना कैदीको सजाय मिनाहा

संविधान दिवसको अवसरमा कैद भुक्तान हुन बाँकी रहेका बैतडीका एक जनाको कैद मिनाहा भएको छ । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका जिल्लाको शिवनाथ गाउँपालिका ५ का टेकसिंह साउँदको बाँकी कैद सजाय मिनाह भएको हो ।

Sana Kishan

वि .स २०६७ चैत २९ गते २० वर्षको कैद फैसला भएकोमा ८ औँ संविधना दिवसको अवसरमा उनको बाँकी कैद मिनाहा भएको जिल्ला कारागार बैतडीकी कारागार प्रमुख धारा भण्डारीले जानकारी दिइन् । साउँदले साढे ११ वर्ष कैद भुक्तान गरीसकेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका ६८१ कैदीलाई सजाय माफी दिएकी छन् । गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close