सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुल निर्माण हुने, उद्योगमन्त्री बडू र उत्तराखण्डका सीएम धामीले सोमबार सिलान्यास गर्ने

दार्चुलामा नेपाल–भारत जोड्ने गरी निर्माण हुने मोटरेबल पुलको सोममबार सिलान्याश गरिदै छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र उत्तराखण्डका मुख्यमन्त्री (सीएम) पुष्करसिंह धामीले संयुक्त रुपमा पुलको शिलान्यास गर्ने तयारी गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको छार्चुम जोड्ने गरी महाकाली नदीमाथि पुल बनाउन लागिएको हो ।

Sana Kishan

भोलि विहान ११ बजे पुलको शिलान्यास गर्ने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

पुल निर्माण पछि भारत र चीनसंगको व्यापारमा बृद्धि हुने र त्यसका लागि पुलको निर्माण आवश्यक रहेको मन्त्री बडूले बताए । महाकालीमा मोटरपुल निर्माण भएपछि दार्चुलाका साथै बैतडी र बझाङसम्मको व्यापार दार्चुलाको नाकाबाट हुने मन्त्री बडूको विश्वास छ ।
सुदूरपश्चिममा भारतसँग सीमा जोडिएको कञ्चनपुरपछि दार्चुलामा दोस्रो मोटरपुल निर्माण हुन लागेको हो । उपहार खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.