बैतडीको दशरथचन्द नगरपालिका क्षेत्र भित्र भोलि (शुक्रबार) सार्वजनिक बिदा हुने भएको छ । अनन्त चतुर्दशीको अवसरमा जिल्लाको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।
निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा विभिन्न क्षेत्रका दर्शनार्थीहरुको सहभागिता रहने भएकाले नगर प्रमुख स्तरीय निर्णय अनुसार भोलि सार्वजनिक बिदा हुने जनाइएको हो ।

भोलि नगरपालिका क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी संघसंस्था, शिक्षण संस्था लगायतमा बिदा हुने नगरपालिकाले जनाएको छ ।

सगुन खबर बाट सभार
