सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दशरथचन्द नगर क्षेत्रभित्र शुक्रबार सार्वजनिक बिदा

यही भदौ २४ गते बैतडीको दशरथचन्द नगरपालिका क्षेत्र भित्र सार्वजनिक बिदा हुने भएको छ । अनन्त चतुर्दशीको अवसरमा जिल्लाको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको छ ।

निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा विभिन्न क्षेत्रका दर्शनार्थीहरुको सहभागिता रहने भएकाले नगर प्रमुख स्तरीय निर्णय अनुसार भदौ २४ गते बिदा हुने जनाइएको हो । सो दिन नगरपालिका क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी संघसंस्था, शिक्षण संस्था लगायतमा बिदा हुने नगरपालिकाले जनाएको छ ।

Sana Kishan

World Link Ads

सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close