सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीकी एक किशोरी धनगढीमा बेपत्ता

बैतडीकी एक किशोरी धनगढीबाट बेपत्ता भएकी छिन् । जिल्लाको दशरथचन्द नगपालिका वडा नं ७ माइखर्कका दिपक शर्माकी १५ वर्षिया छोरी आस्था शर्मा बेपत्ता भएकी हुन् । हाल परिवार संगै धनगढी मोहनपुर बस्दै आएकी १५ वर्षिया आस्था सोमबार देखि बेपत्ता भएकी हुन् ।

सोमबार विहान ८ बजे धनगढि उपमहानगरपालिका १३ मोहनपुर आफ्नै घरबाट त्रिभुवन मावि बोराडाडि स्कुल जान्छु भनी घरबाट निस्केकि शर्मा अहिले सम्म सम्पर्कमा नआएकी बेपत्ता किशोरीका काका भुवन शर्माले बताए । बेपत्ता किशोरीको खोजि कार्यका लागि प्रहरीमा पनि निवदेन दिएको उनले बताए ।

कसैले देखे प्रहरीलाई खबर गरिदिन उनले अनुरोध गरेका छन् । उनलाई कहीँ कतै कसैले देखे मोबाइल नम्बर ९८४८८०२३७६ मा सम्पर्क गरी सहयोग गरिदिन पनि उनका आफन्तले सबैमा आग्रह गरेका हुन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

जिल्ला प्रहरी कार्यालय कैलालीले बेपत्ता किशोरीको खोजि कार्य भइरहेको जनाएको छ । सगुन खबर बाट साभार

Dirghayu Ads

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.