सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा कांग्रेस र एमालेद्वारा उम्मेदवार सिफारिस

कञ्चनपुर – आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेस र नेकपा (एमाले)ले उम्मेदवारको सिफारिस गरेका छन् ।कांग्रेसका तीन वटै निर्वाचन क्षेत्रका क्षेत्रीय समितिले आ–आफ्नो क्षेत्रका सम्भावित प्रतिनिधिसभा सदस्यका उम्मेदवारको नाम जिल्ला कार्यसमितिमा सिफारिस गरेको हो । कांग्रेसले कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दिवान विष्ट र समानुपातिकमा कृष्णादेवी गिरीको नाम सिफारिस गरेको छ ।

सो निर्वाचन क्षेत्रमा पर्ने दुई वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी कांग्रेसले ३० जनाको नाम सिफारिस गरेको छ ।त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा कांग्रेसले केन्द्रीय सदस्य नारायणप्रकाश साउँद, हरिप्रसाद बोहरा र प्रेम बलायरको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको क्षेत्रीय सभापति लालबहादुर सिंहले जानकारी दिए । निर्वाचन क्षेत्र नं २ का दुई प्रदेशसभामा कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी ४६ जनालाई सिफारिस गरेको छ ।

त्यसैगरी यहाँको निर्वाचन क्षेत्र नं ३ मा कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक र प्रेमबहादुर विष्ट प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस भएका छन् । उक्त क्षेत्रमा कांग्रेसले प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिक गरी ६० जनाको नाम सिफारिस गरेको कांग्रेस कञ्चनपुरले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

त्यसैगरी प्रमुख प्रतिपक्षी दल एमालेले पनि तीन वटै निर्वाचन क्षेत्रमा सम्भावित उम्मेदवारको नामावली छनोटलाई तीव्रता दिएको छ । यहाँको निर्वाचन क्षेत्र नं १ मा निर्वाचन क्षेत्रीय समन्वय किमिटीले सुदूरपश्चिम प्रदेशसभा सदस्य तारालामा तामाङ, नेताद्वय खेम सुवेदी र वीरबहादुर थापाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ ।

Dirghayu Ads

उक्त क्षेत्रमा पर्ने प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा एमालेले १६ जनाको नाम सिफारिस भएको छ । एमालेले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा हालका प्रतिनिधिसभा सदस्य रहनुभएका नरबहादुर धामी र युवा सङ्घका निर्वमान अध्यक्ष बचनबहादुर सिंहको नाम क्षेत्रीय कमिटीबाट सिफारिस गरेको जनाएको छ ।

प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं २ को ‘क’ मा कर्णाली प्रदेशका पूर्व प्रदेशप्रमुख गोविन्दप्रसाद कलौनी र ‘ख’ मा तत्कालीन संविधानसभा सदस्य कृपाराम रानाको नाम सिफारिस गरेको छ । त्यसैगरी निर्वाचन क्षेत्र नं ३ मा एमालेबाट डा दीपकप्रकाश भट्ट, निरु पाल, राजेन्द्र रावल, ईश्वरी खरेल र हिरा सार्की प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस भएका छन् । डा भट्ट २०७४ सालमा कांग्रेस नेता लेखकलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । उपहार खबर बाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.