सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा बाँदरको आक्रमणबाट दुई जना घाइते

बैतडीमा बाँदरको आक्रमणबाट दुइ जना घाइते भएका छन् । आइतबार जिल्लाको पुर्चाैडी नगरपालिका ८ लामुनी टोलकी २८ वर्षीया झपु जोशी र उनका ११ वर्षीय छोरा लक्ष्मण जोशी बाँदरको आक्रमण बाट घाइते भएका हुन् ।

Sana Kishan

बिहान बाँदरहरु मकैबाली खान खेतमा आएका र धापाउने बेला बाँदरहरुले आक्रमण गर्दा आमा छोरा घाइतेका भएका जनाइएको छ । घाइते दुवैको पुर्चाैडीको हाट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । दुवैको अवस्था सामान्य रहेको बताइएको छ । स्रोतका अनुसार बाँदरको आक्रमणबाट घाइते उनिहरुको खुट्टा, पाखुरा, घाँटी, अनुहार र ढाडमा चोट रहेको छ।

जिल्लाको धेरै ठाउँमा बाँदरहरुको आतंक छ । बाँदरहरु पछिल्लो समय आक्रमण समेत गर्न थालेपछि समस्या भएको स्थानीय चक्रदेव भट्टले बताए । बालिनाली सखाप पार्ने गरेका बाँदरहरु अहिले आक्रमण समेत गर्न थालेपछि जिल्लाका किसानहरु परिसान भएका छन्। सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close