सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीले जित्यो प्रदेशस्तरीय क्रिकेट छनौटको उपाधि

Far weast coaching ad
411
Sana Kishan

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनौटको उपाधि बैतडीले जितेको छ । फाइनल खेलमा बैतडीले कञ्चनपुरलाई ३ विकेटले स्तब्ध पार्दै उपाधि बैतडीले जितेको हो ।

कञ्चनपुरले दिएको ६३ रनको लक्ष्य बैतडीले ११ दशमलव ५ ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको हो । जसमा कप्तान वसन्त खत्रीले अविजित २४ रन बनाउँदा खडक बोहराले १४ रन बनाए । कञ्चनपुरका मिलन बोहराले २ विकेट लिए ।

Arus
Karnali Traders

त्यसअघि फाप्ला मैदानमा टस जित्दै पहिला ब्याटिङ गर्ने गरेको कञ्चनपुरले निर्धारित १२ ओभरको खेलमा ७ विकेटको क्षतिमा मात्र ६२ रन जोड्यो । उसका कप्तान दिपेश चन्दले ३२ रन बनाउँदा राहुल चन्दले १५ रन जोडे । बैतडीका लागि गजेन्द्र बोहराले ४ र रामबहादुर चन्दले १ विकेट हात पारे । ६३ रनको विजयी लक्ष्य लिएर मैदान उत्रेको बैतडीले ११.५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

अब नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि सुदूरपश्चिम प्रदेशको टिम छनौट गरिने छ।नबौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोजमा हुने तय भएको भएपनि पुरुष क्रिकेट भने यहि भदौ २२ गतेदेखि काठमाडौं गर्ने निर्णय भएको छ ।

नेपाल क्रिकेट संघले आयोजना गर्न लागेको नेपाल टि–२० लिग र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति एकै समयमा पर्न गएपछि क्रिकेटको नयाँ मिति तय गरेको हो । सगुन खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.