सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तीज मनाउने क्रममा घरमा रुख खस्दा कञ्चनपुरमा ६ जना घाईते

कञ्चनपुर –  तीज मनाउने क्रममा रुख खस्दा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ का ६ जना बुधबार साँझ घाईते भएका छन्।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार स्थानीय दिपक बिष्टको घरमा तीज मनाउने क्रममा खयरको रुख घरमा खस्दा हाँगाले लागेर छ जना घाईते भएका हुन्। घाईते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

Sana Kishan

घाईते हुनेमा १८ वर्षीया लक्ष्मी धानुक, १९ वर्षीया लक्ष्मी भण्डारी, ५० वर्षीया मैना पार्की, ३० वर्षीया कमला जोशी, १५ वर्षीया खगेन्द्र धामी र ४५ वर्षीय लिलाधर भट्ट घाईते भएका छन्।

World Link Ads

घाईते मध्ये लक्ष्मी धानुक र लक्ष्मी भण्डारीको अवस्था गम्भीर रहेको छ। घाईते ६ जनाको झलारी स्थित निजी अस्पतालमा उपचार भइरहेको छ । गोदावरी न्युज बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close