सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा आजदेखि छोटो दुरीका सवारी साधनमा नयाँ भाडादर लागू, टिकट अनिवार्य

बैतडीमा छोटो दुरीका सवारी साधनका लागि निर्धारण गरिएको नयाँ भाडादर आजदेखि लागू भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले नयाँ भाडादर कायम गरेको थियो ।

नयाँ भाडादर आजदेखि लागू भएको र यसको अनुगमन पनि भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । भाडादर भन्दा बढी भाडा लिएको पाइएमा कारवाही हुने उनले बताए ।

Sana Kishan

बैतडीमा छोटो दुरीका सवारी साधनमा मनोमानी भाडा लिएको बिषयमा व्यापक जनगुनासो आएपछि नयाँ भाडादर कायम गरिएको हो ।

World Link Ads
Mahakali Polytechnic

यसका साथै छोटो दुरीका सवारी साधनका सञ्चालकहरुले यात्रुहरुलाई अनिवार्य रुपमा टिकट दिनुपर्ने छ । यात्रुहरुलाई पनि टिकट माग्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।

Dirghayu Ads

यस्तै जिल्लाका कच्ची सडकहरुमा प्रतिकिलोमिटर १० रुपैंयाका दरले मात्रै भाडा लिन पाइने निर्णय भएको छ । यो निर्णय पनि आजैदेखि लागू भएको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.