सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा छोटो दुरीका सवारी साधनको नयाँ भाडादर भोलिदेखि लागू हुने

बैतडीमा छोटो दुरीका सवारी साधनका लागि तोकिएको नयाँ भाडादर भोलिदेखि लागू हुने भएको छ । यातायात व्यवासायी र अन्य सरोकारवालाहरुको सहभागितामा सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले नयाँ भाडादर कायम गरेको हो ।

जिल्लाभरी चल्ने छोटो दुरीका सवारी साधनको नयाँ भाडादर कायम भएको र यसको अनुगमन गरिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । भाडादर सबै सवारी साधन अनिवार्य टास्न निर्देशन दिइएको उनले बताए ।

Sana Kishan

यस्तै छोटो दुरीका सवारी साधनले यात्रुहरुलाई अनिवार्य रुपमा टिकट दिनुपर्ने भएको छ । यात्रुबाट लिएको भाडाको अनिवार्य टिकट दिनुपर्ने व्यवस्था गरिएको उनले बताए । नयाँ कायम भएको भाडादरका बिषयमा जिल्लाका सबै प्रहरीचौकी र अन्य सरोकारवालाहरुलाई पठाइसकिएको छ ।

World Link Ads
Mahakali Polytechnic

छोटोदुरीका सवारी साधनले मनोमानी भाडा लिएको बिषयमा व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले नयाँ भाडादर कायम गरेको हो । यातायात व्यवसायी समेतको सहभागितामा नयाँ भाडादर कायम गरिएको र यसलाई पूर्ण रुपमा कार्यान्वयन गरिने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । उनले भने ‘हामीले भाडादर लागू गरे ÷नगरेको बिषयमा अनुगमन गर्छौ । कसैले निर्णय कार्यान्वयनमा आनाकानी गरे कानुन अनुसार कारवाही हुन्छ ।’

यस्तै सवारी सञ्चलान गर्न अनुमति नपाएका कच्ची सडकहरुमा पनि प्रतिकिलोमिटर १० रुपैंयाका दरले मात्रै भाडा लिन पाइने भएको छ । कच्ची सडकहरुमा मनोमानी भाडा लिएको पाइएमा कारवाही हुने जनाइएको छ । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.