सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा छोटो दुरीका सवारीसाधनहरुको नयाँ भाडा निर्धारण,कहाँको कति ?

बैतडीमा छोटो दुरीका सवारीसाधनहरुको नयाँ भाडादर निर्धारण गरिएको छ । सेवाग्राहीहरुको गुनासो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला भित्रका सडकहरुमा सञ्चालित छोटोदुरीका सवारीसाधनहरुको नयाँ भाडादर निर्धारण गरेको हो ।
चर्काे भाडा असुलेका गुनासाहरु आउन थालेपछि जिल्लामा नयाँ भाडादर निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । यातायात व्यवसायी र सोरोकारवालाहरुको सर्वपक्षिय बैठकले जिपहरुको नयाँ भाडादर कायम गरेको उनले बताए ।

गोठलापानी देखि देहिमाण्डौँ सम्मको ७० रुपैँया, गोठलापनी सतबाँझ १ सय ५०, गोठलापनी पाटन २ सय ३०, गोठलापनी खोड्पे ३ सय ५०, गोठलापनी झुलाघाट १ सय ६० भाडा निर्धारण गरिएको छ ।यस्तै गोठलापानी सिल्लेगडा २ सय३०, गोठलापनी खोचलेक २ सय ५०, गोठलापनी बसाली ३ सय, गोठलापनी दोली ३ सय ५०, गोठलापनी गोकुलेश्वर ४ सय ४० भाड तोकिएको छ ।

Sana Kishan

यस्तै देहिमाण्डौँ देखि गिरेगडा सम्मको कच्ची सडकमा ३ सय २०,देहिमाण्डौँ भट्टाड १ सय ७०,देहिमाण्डौँ डिबड्या २ सय १० र गोठलापनी सेरा कच्ची सडकमा १ सय ७५ रुपैँया भाडा निर्धारण गरिएको हो ।यसैगरि झुलाघाट देखि बित्थडको ७ सय , गोठलापानी डडेल्धुरा ५ सय , पाटन अड्तोला ७५, पाटन स्याडीखोला एक सय , पाटन सलेना एक सय ५०, पाटन लामालेक २ सय ३०, पाटन मेलौली २ सय ५० र खोड्पे देखि विन्द्रावन सम्मको भाडा एक सय तोकीएको छ ।

World Link Ads

यस्तै अब अनिवार्य रुपमा जिपमा सवार यात्रुलाई टिकेट दिनु पर्ने र तोकीएको भाडादर प्रत्येक जिप व्यवसायीहरुले सबै यात्रुले देख्ने गरि टाँस गर्नुपर्ने भएको छ । यसको अनुगमन समेत गरिने भएको छ । अनुमती पाएका सडक बाँहेकका कच्ची सडकमा प्रतिकिलोमिटर १० रुपैँयाका दरले भाडा निर्धारण गरिएको बताइएको छ । सगुन खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close