सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको झुलाघाट नाकामा गौरा पर्व मनाउन स्वदेश फर्किनेको चहलपहल

गौरा पर्व नजिकिएसंगै बैतडीको झुलाघाट नाकामा चहलपहल बढेको छ । अहिले झुलाघाट नाकाभएर भारत बाट स्वदेश फर्किनेको संख्यामा वृद्धि भएको छ । अलिहे झुलाघाट नाकाभएर दैनिक ५० देखि ७० जना स्वदेश भित्रिरहेका सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ । सुदूरपशिमेलिहरुको महान चाँड गौरा पर्व मनाउनका लागि अलिहे स्वदेश फर्किनेहरुको संख्या बढेको सीमा प्रहरीचौकी झुलाघाटका प्रहरी नायब निरीक्षक योगेश बहादुर पालले जानकारी दिए ।

कामको शिलशिलामा भारतका विभिन्न सहरमा रहेका नेपालीहरु अहिले गौरा पर्व मनाउन घर फर्किरहेका हुन् । भदौ १ गेत देखि १२ गते सम्म झुलाघाट नाकाभएर ६ सय १८ जना नेपाली स्वदेश फर्किएका छन् । स्वदेश फर्किनेमा बैतडी, बझाङ्ग, डडेल्धुरा, बाजुरा, अछाम डोटी लगायत मुगु हुम्ला जिल्लाका नागरिकहरु रहेका छन् ।

घरपरिवार पाल्नका लागि भारतको विभिन्न सहरमा काम गर्ने नेपालीहरु अहिले गौरा पर्व मनाउन घर फर्किरहेका छन् । भारतको पिथउरागढ, बरेली, देहरादुन, नयाँ दिल्ली, राजस्थान, हरिद्वार लगायतका विभिन्न सहरमा यहाँ नागरिकहरु कामका लागि जाने गरेका छन् । यस्तै यताबाट अहिले भारतिय बजारमा जानेको संख्यामा पनि वृद्धि भएको बताइएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

लत्ताकपडा र दैनिक उपभोग्य सामान खरिदका लागि यहाँका नागरिकहरु पनि भारतिय बजार झुलाघाट आउजाउ गर्ने गरेका प्रहरी नायव निरीक्षक पालले बताए । चाँडपर्वका बेला यहाँका नागरिकहरु दैनिक उपभोग्य सामान खरिद गर्न भारतीय बजार झुलाघाट जाने गरेका छन् ।सोही अवधीमा करिब ५ सय जानाले झुलाघाट बजार आउ जाउ गरेका छन् ।

Dirghayu Ads

यस्तै अहिले सीमानाका झुलाघाट र बैतडी सदरमुकाम गोठलापानीबाट सञ्चालन हुने सवारी साधनमा यात्रुको पनि चाप बढेको बताइएको छ । गौरापर्व मनाउन स्वदेश फर्किने र सामानका लागि झुलाघाट जानेहरुको संख्या बढेसँगै यात्रुहरूको चाप बढेको यातायात व्यवसायीहरुको भनाइ छ ।

यस्तै स्वदेश फर्किनेहरुको नाकामै कोरोना परीक्षण पनि भइरहेको छ । बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गरेर नाकाबाट भित्रिनेहरुको कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.